२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


विमान अवतरणको क्रममा अगाडिको पांग्रा खुलेन, ठूलो दुर्घट्नाबाट जोगियो


0
Shares

काठमाडौं । म्यानमार एयरलाइन्सको एक विमान दुर्घटना हुनबाट जोगिएको छ ।

अवतरणको क्रममा अगाडिको पांग्रा नखुलेपछि विमान चालकले कुशलतापूर्वक अवतरण गराई ठूलो दुर्घटना हुनबाट जोगाएका छन् ।

म्यान्मारको यांगुनबाट मन्डालेका लागि उडेको  विमान मन्डेला विमानस्थलमा अवतरण गर्ने क्रममा अगाडिको पांग्रा नखुलेपछि चालकले इन्धनको भार कम गर्न विमानलाई केही घण्टासम्म आकाशमा चच्कर लगाएका थिए ।

इन्धन भार कम भएपछि विमान अवतरण गराइएको थियो ।

अवतरणका क्रममा विमानको अग्र भागमा धुँवा आएको र विमान केही घिस्रिए पनि चालक दलका सदस्य र यात्रुहरु सकुशल रहेका छन् । यात्रुहरुलाई आपतकालीन द्धारबाट बाहिर निकालिएको थियो । (एजेन्सी)