
काठमाडौं, वैशाख २७ । सन्चारमन्त्री शेरधन राईले मन्त्रिपरिषदबाट पारित भएको श्रमजीवी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुने बताएका छन् ।
सोमबार राजधानीमा अयोजित साक्षात्कार कार्यक्रममा उनले सरोकारवालाहरुसँग छलफल गरेरै न्यूनतम् पारिश्रमिक १९ हजार ५ सय रुपैयाँ गर्ने निर्णय गरेको दाबी गरे ।
पत्रकारका लागिमात्र नभइ सरकारले सन्चारगृहलाईसमेत विशेष उद्योगको मान्यता दिन विभिन्न सुविधाहरु दिन लागिरहेको भन्दै मन्त्री राइले न्यूनतम् पारिश्रमिक लागू गर्न सरकारले सहज वातावरण तयार पार्ने बताए ।
प्रतिक्रिया दिनुहोस्