
काठमाडौं, वैशाख २७ । सरकारको नीति तथा कार्यक्रम सस्तो लोकप्रियताबाट प्रेरित भएको आरोप सत्ता साझेदार तथा प्रतिपक्षी दलका नेताहरुले लगाएका छन् ।
सोमबार राजधानीमा आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री वर्षमान पुनले एमालेले एमाओवादीसँग गरेको ९ बुँदे सहमतिलाई सरकारको नीति तथा कार्यक्रममा नसमेटिएको गुनासो गरे ।
यस्तै, कांग्रेस नेता चिनकाजी श्रेष्ठले नीति तथा कार्यक्रम सरकारले कसैसँग सल्लाह नगरी रातारात ल्याएको आरोप लगाए ।
कार्यक्रममा सद्भावनाका नेता लक्ष्मणलाल कर्णले संविधानबमोजिमको संरचना नै खडा नभइ नीति तथा कार्यक्रम कार्यान्वयन नहुने धारणा राखे ।
सरकारका प्रवक्ता एवं सन्चारमन्त्री शेरधन राईले भने यो नीति तथा कार्यक्रम जनमुखी रहेको र सन्तुलित विकासको अवधारणालाई ध्यानमा राखेर ल्याइएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्