
काठमाडौं, वैशाख २७ । निर्वाचन आयोगले आगामी मंसिर महिनामा स्थानीय निकायको चुनाव गराउने सरकारको घोषणा स्वागत्योग्य भएपनि तत्काल चुनावको मिति घोषणा भए आयोगलाई तयारी अघि बढाउन सजिलो हुने बताएको छ ।
निर्वाचनको मिति घोषणा भएपछि पनि कम्तीमा ४ महिनाको समय निर्वाचनको तयारीका लागि आवश्यक पर्ने भन्दै आयोगले दलहरुबीच सहमतिका आधारमा यथाशक्य मिति घोषणा गर्न आग्रह गरेको हो ।
आयोगका प्रवक्ता बासुदेव गुरागाइँले सोमबार हामीसँग कुरा गर्दै मंसिरमा चुनाव गर्न समय पर्याप्त भएपनि बर्खामास तथा महत्वपूर्ण चाडपर्व पर्ने भएकाले मिति पनि तत्काल तोक्नुपर्ने बताए ।
आयोगमा रिक्त रहेका पदहरुमा तत्काल पदपूर्ति गर्न तथा स्थानीय निकाय निर्वाचन ऐन संशोधन गरी आयोगका सुझावहरुलाई समावेश गर्नुपर्ने धारणा उनले राखे ।
यस्तै, करिब ४० दललाई समेटेर मतपत्र बनाउने काम पनि चुनौतीपूर्ण रहेको आयोगको भनाइ छ ।
निर्वाचनलाई सामूहिक यज्ञको संख्या दिँदै आयोगले यसलाई सम्पन्न गर्न सबैको सहयोग आवश्यक हुने बताए ।
प्रतिक्रिया दिनुहोस्