
काभ्रे, वैशाख २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशमान सिंहले सरकारले ल्याएको नीति तथा कार्यक्रम चुनावी नाराले भरिएको पार्टीको घोषणापत्र जस्तो भएको बताएका छन् ।
काभ्रेको उग्रतारा जनागाल गाउँ विकास समिति–७ मा रहेको धनेश्वर महादेव मन्दिरको सत्तल निर्माणको सोमबार शिलान्यास गर्दै सिंहले सरकारले स्थानीय चुनावलाई मध्यनजर गरेर कार्यक्रम ल्याएको आरोप लगाए ।
श्रीस्वस्थानी ब्रतकथामासमेत उल्लेख गरिएको धनेश्वर महादेव मन्दिरको सत्तल गत वर्षको विनाशकारी भूकम्पले भत्काएको थियो ।
प्रतिक्रिया दिनुहोस्