४ असार २०८२, बुधबार | Thu Jun 19 2025


म्याग्दीमा जिप दुर्घटना, पाँचको मृत्यु, पाँचजना घाइते


0
Shares

म्याग्दी, वैशाख २७ । म्याग्दीको निस्कोटमा सोमबार दिउँसो जिप दुर्घटना हुँदा पाँचजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।

दरबाङबाट निस्कोट जाँदै गरेको ग१ज ५१०६ नम्बरको बोलेरो जिप निस्कोट–४ कोदालीवाङको भलाबिसौनाको भीरबाट खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँचजनाको घटनास्थलमै मृत्यु भएको र पाँचजना घाइतेलाई उपचारका लागि एम्बुलेन्समा राखेर बेनी ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताए ।

मृतक र घाइतेको पहिचान खुलेको छैन । घाइते हुनेमा तीनजना महिला र दुईजना पुरुष छन् ।

स्थानीय बासिन्दाले दुर्घटनाको जानकारी गराएपछि इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी टोली घटनास्थल पुगेर शव संकलन तथा उद्धार गर्न सुरु गरेको छ ।

घटनास्थलको प्रकृति हेर्दा घुम्तीमा जिप घुमाउन नसकेर पछाडितिर करिब १०० मिटर तल खसेको घटनास्थलमा रहेका स्थानीय बासिन्दा घनबहादुर पुनले जानकारी दिए । रासस

फाइल फोटो