४ असार २०८२, बुधबार | Thu Jun 19 2025


९ बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट


0
Shares

काठमाडौं, वैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालबीच बिहीबार भएको ९ बुँदे सम्झौता असंवैधानिक भएको भन्दै सर्वोच्च अदातलमा सोमबार रिट निवेदन दायर गरिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ अधिवक्ता अनन्तराज लुइँटेल, केदार लुइँटेल, मनोज खड्का, प्रवीन्द्रराज जोशी र रुद्र पाठकले संयुक्तरुपमा दायर गरेको निवेदनमा दुई दलबीच भएको सो सम्झौता असंवैधानिक भएकाले कार्यान्वयन नगर्न/नगराउन परमादेशको माग गरिएको छ ।

निवेदनमा स्वतन्त्र न्यायपालिकाको अवधारणाविपरीत र संविधानकोसमेत पालना नगरी सम्झौता गरिएको उल्लेख छ ।

प्रधानमन्त्री ओली र एमाओवादी अध्यक्ष दाहालबीच यही वैशाख २३ गते संविधान कार्यान्वयनलगायत ९ बुँदे सम्झौता भएको थियो । रासस

फाइल फोटो