४ असार २०८२, बुधबार | Thu Jun 19 2025


डीडीसीका प्रबन्ध निर्देशक साहविरुद्ध मुद्दा, झन्डै साढे दुई करोड भ्रष्टाचार गरेको दाबी


0
Shares

काठमाडौं, वैशाख २७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा दुग्ध विकास संस्थानका प्रबन्ध निर्देशक डा. शत्रुघ्नप्रसाद साह र उनकी श्रीमती सुशीलाकुमारी शाहविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

संस्थानको टेक्निकल अफिसरदेखि प्रबन्धकसम्म रहँदा साहले झन्डै दुई करोड ३८ लाख ६८ हजार रुपैयाँ स्रोत नखुलेको सम्पति कमाएको अख्तियारको दाबी रहेको छ ।

साहले पेश गरेको सम्पत्ति विवरणबाट निजको आम्दानी १ करोड ४४ लाख ९७ हजार १ सय ३४ रुपैयाँमात्रै पुष्टि भएको र खर्च वा लगानी गरेको रकम ३ करोड ८३ लाख ६५ हजार १ सय ६४ रुपैयाँ रहेको ठहर पनि अख्तियारले गरेको छ ।

अख्तियारकाअनुसार संस्थानका प्रबन्ध निर्देशक साहले गैह्रकानुनी तरिकाले आर्जन गरेको सम्पत्ति श्रीमतीको नाउँमासमेत राखेको पाइएपछि श्रीमती सुशीलाविरुद्ध पनि मुद्दा दायर गरिएको हो ।