Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


वैद्य नेतृत्वको माओवादी विभाजनतिर


0
Shares

काठमाडौं, वैशाख २८ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी फुट्ने पक्कापक्की भएको छ ।

वैद्यले चैत २७ गते एक महिनाका लागि भन्दै स्थगित गरेको केन्द्रीय समिति बैठक फेरि अर्को एक महिना पन्छाएपछि महासचिव रामबहादुर थापा बादलको समूहले मंगलबार बुद्धनगरस्थित नेवाः राज्य समिति कार्यालयमा समानान्तर केन्द्रीय समिति बैठक गर्न लागेको छ ।

स्रोतका अनुसार सोही केन्द्रीय समिति बैठकले पुष्पकमल दाहालको नेतृत्वको एमाओवादीसँग एकताको निर्णय लिनेछ। वैद्य माओवादीको पछिल्लो बैठकको मूख्य एजेन्डा नै एमाओवादीसँग एकता थियो । -कान्तिपुर दैनिकबाट