४ असार २०८२, बुधबार | Thu Jun 19 2025


विद्युत सर्ट भई मोटर ग्यारेजमा आगलागी


0
Shares

झापा, वैशाख २८ । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा सोमबार राति आगलागी हुँदा अन्दाजी साढे तेह्र लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

बिर्तामोड नगरपालिका–६ स्थित मुन्ना मुस्लिमको मुन्ना मोटर ग्यारेजमा विद्युत सर्ट भई राति १२ बजेतिर अचानक आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागीबाट ग्यारेज तथा ग्यारेजमा मर्मतका लागि राखिएको जिप र कारका पार्टसहरु जलेर अन्दाजी १३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको पिडितले जनाएका छन् ।

आगो दमकल, इलाका प्रहरी कार्यालय अनारमनिबाट गएको प्रहरीको सहयोगमा बिहान २ बजेतिर निभाइएको थियो ।