
नवलपरासी, वैशाख २८ । नवलपरासीको गैडाकोट–१० थुम्सी जंगल नजिकै आज रोकीराखेको ट्रकमा यात्रुबाहक बस ठोक्किदा २७ जना यात्रु घाईते भएका छन् ।
घाइतेमध्ये २१ जनाको चितवन मेडिकल कलेज र ६ जनाको जिल्ला अस्पताल चितवनमा उपचार भईरहेको छ ।
प्रहरीका अनुसार बझाङबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख १३३९ नम्बरको बस रोकी राखेको लु१ख ७७६८ नम्बरको ट्रकमा आज बिहान साढे ५ बजे ठोक्किएको थियो ।
दुर्घटनामा संलग्न दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गैँडाकोट नवलपरासीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्