Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


घुस लिँदालिँदै रंगेहात समातिए इन्जिनियर


0
Shares

भक्तपुर, वैशाख २८ । सडकको ग्याभिङ वाल लगाउने उपभोक्ता समितिसँग २० प्रतिशत घुस माग्ने एक इन्जिनियरलाई मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले घुस लिँदैगर्दा पक्राउ गरेको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय भक्तपुर, जगातेका इन्जिनियर शुभनारायण यादवलाई मध्यपुर थिमिको क्षयरोग केन्द्रअगाडि रहेको स्टाफ भोजनालयबाट घुसबापतको रु ३५ हजार लिँदैगर्दा आयोग टोलीले नियन्त्रणमा लिएको हो ।

आयोगको टोलीकाअनुसार सरकारको रु तीन लाखको बजेटमा उपभोक्ता समितिमार्फत् ग्याभिङ वाल लगाउने काम गर्दा अभियुक्त यादवले कुल बजेटको ३५ प्रतिशत रकम माग गरेकामा २० प्रतिशत रकम घुस लिने सहमति गरेका थिए ।

मंगलबार रु ३५ हजार र बाँकी रकम काम सकिएपछि लिने सर्तअनुसार घुस रकम लिँदैगर्दा आयोगको टोलीले यादवलाई पक्राउ गरेको जनाइएको छ । रासस