
सर्लाही, वैशाख २८ । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले अहिले पृथकतावाद, बिखन्डनवाद र संविधानको पुनर्लेखनको कुरा गर्ने समय नभएको बताएका छन् ।
मंगलबार सर्लाहीको हरिवनमा विद्यालय भवनको शिलान्यास गर्दै उनले वार्ता र संवादकै माध्यमबाट संविधानलाई थप समावेशी बनाउन सकिने बताए ।
शिक्षालाई रोजगारमैत्री बनाउन अहिलेको नीति तथा कार्यक्रमले जोड दिएको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्