
काठमाडौं, वैशाख २८ । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथयात्रा मंगलबारदेखि सुरु भएको छ ।
ललितपुरका तत्कालीन राजा सिद्धिनरसिंह मल्लका सन्तानहरूले सोमबार पुल्चोकस्थित मच्छिन्द्रनाथको रथअगाडि होम गरी गाई दान गरेकोमा मंगलबार रथलाई बाजागाजासहित गा बाहल पु¥याइएको हो ।
सो अवसरमा ललितपुरकी जीवित देवी कुमारीले पनि जात्रा अवलोकन गरेकी थिइन् ।
परापूर्वकालमा उपत्यकामा १२ वर्ष पानी नपरी ठूलो अनिकाल लागेपछि वर्षा गराउन भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेव, कान्तिपुरका तान्त्रिक बन्धुदत्त आचाजु र ललितपुरका ललितज्यापुले आसामको कामरूप कामक्षबाट मच्छिन्द्रनाथलाई नेपाल ल्याएको किम्बदन्ती रहेको छ ।
मच्छिन्द्रनाथलाई भित्र्याएपछि वर्षा भएको र पछि राजा नरेन्द्रदेव र आचार्य बन्धुदत्तले मच्छिन्द्रनाथको जात्रा चलाएको बताइन्छ ।
मंगलबारै मीननाथको रथलाई पनि चक्रबहीबाट अघि बढाइएको थियो ।
प्रतिक्रिया दिनुहोस्