Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


भारतको ग्रान्ड डिजाइन असफल पार्न अर्को मुलुकले सघायो !


0
Shares

काठमाडौं, वैशाख २९ । एमाओवादीका एक वरिष्ठ नेताले कांग्रेसको समर्थन लिएर आफ्नो नेतृत्वमा सरकार गठन गर्ने प्रस्ताव र एमाले नेतृत्वको सरकारलाई समर्थन निरन्तरता गर्ने निर्णय परस्पर विरोधी दुई विदेशी शक्तिको डिजाइनमा भएको आरोप लगाएका छन् ।

भारतमा उपचार गरी स्वदेश फर्किएका एमाओवादी पोलिटब्यूरो सदस्य लेखराज भट्टले पार्टी नेतृत्वले राजनीतिमा ढंग नपु¥याएको भन्दै यस्तो आरोप लगाएका हुन् ।

गम्भीर प्रकृतिका विषयमा पार्टीभित्र गहन छलफल नहुँदा यस्तो हुने गरेको पनि उनले बताए ।

‘भारतको ग्राण्ड डिजाइन अन्तर्गत शेरबहादुर देउवामार्फत हाम्रो पार्टीको नेतृत्व फसेको हो,’ भट्टले भने, ‘मेरो विश्लेषणमा भारतीय डिजाइनलाई असफल पार्न अर्को बाह्यशक्तिले मात्र सक्थ्यो ।’ उनको संकेत उत्तरतर्फ भए पनि उनले चीनको नाम लिएनन् । –अन्नपूर्ण पोस्टबाट