१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


एमाओवादीले विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने


0
Shares

काठमाडौं, बैशाख २९ । एकीकृत नेकपा माओवादीले विभिन्न टुक्रामा विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज बसेको स्थायी समितिको बैठकले विभाजित माओवादी पार्टीहरुसँग एकता गर्ने औपचारिक निर्णय गरेको हो ।

यसका लागि आगामी जेठ १ गते केन्द्रीय कमिटीको बैठक डाकिएको छ । केन्द्रीय कमिटी बैठकले स्थायी समितिको निर्णयलाई अनुमोदन गर्ने एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

एकीकृत माओवादीले यसअघि पनि विभिन्न समयमा पार्टी एकताबारे छलफल गर्दै आइरहेको थियो ।