२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


दाहालले दिए देउवालाई जवाफ (भिडियोसहित)


0
Shares

काठमाडौं, वैशाख २९ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले २००७ सालदेखि अहिलेसम्म बनेका सबै सरकार ‘म्यादी’ भएको टिप्पणी गरेका छन् ।

व्यवस्थापिका–संसदमा जारी सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा बुधबार दाहालले २००७ सालदेखि अहिलेसम्म बनेका सबै सरकार म्यादी भएकाले त्यो परम्परालाई तोड्न यो सरकारलाई सबै मिलेर सघाउनुपर्ने पनि बताए ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार म्यादी रहेको बताएको सन्दर्भमा दाहालले यस्तो बताएका हुन् ।

भूकम्पका बेला आफ्नो पार्टी प्रतिपक्षमा भएपनि तत्कालीन सरकारलाई सहयोग गरेको स्मरण गर्दै दाहालले अहिले पनि देशको राजनीतिलाई सही ‘ट्रयाक’मा ल्याउन सबै एक हुनुपर्ने बताए ।

कांग्रेसले पनि यो सरकारलाई सहयोग गर्नुपर्ने दाहालको भनाइ थियो ।

अहिलेको आवश्यकता राष्ट्रिय सहमतिको सरकार रहेपनि प्राविधिक कारणले यो सरकारलाई त्यो स्वरुप दिन नसकिएको उनले बताए ।

नीति तथा कार्यक्रममा केही नयाँ र मौलिक कार्यक्रम आएको तर कार्यान्वयनमा संरचनागत् परिवर्तनका कारण अप्ठ्यारो हुने देखिएको दाहालको भनाइ छ ।

शान्तिप्रक्रिया टुंग्याउने विषय समेटिए पनि ठोस कार्यक्रम नआएकोमा उनको असन्तुष्टि थियो ।

मधेस समस्या समाधानका विषयमा पनि स्पस्ट कार्यक्रम नरहेको टिप्पणी दाहालको छ ।

एमाओवादी स्थानीय चुनावको विपक्षमा नरहेको तर त्यसका लागि राजनीतिक र कानुनी समझदारी जरुरीपर्ने उनले उल्लेख गरे ।

भिडियो हेर्नुहोस्