Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


प्रमुख नहुँदा अस्पताल दयनीय, दुई बर्षमा चार जना प्रमुख फेरिए


0
Shares

रौतहट, बैशाख ३० । रौतहटको सदरमुकाम गौरमा रहेको जिल्ला अस्पताल प्रमुख बिहीन हुंदा अस्पतालको अबस्था दयनीय बनेको छ ।

सामन्यतया सरुवा भएपछि कर्मचारी दुई बर्ष कार्यरत रहनु पर्ने नियम भएपनि चालुु आर्थिक बर्षमा मात्रै जिल्ला स्वास्थ्य कार्यालय गौरमा चार जना प्रमुख फेरिएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय गौरका प्रमुख राजकिशोर पण्डितको काज सरुवा भएपछि यो कार्यालयको यस्तो हबिगत भएको हो ।

मानव स्वास्थ्यलाई आवश्यक पर्ने लाइफ सेफ ड्रगको समेत अभाव रहेको छ । प्रमुख नहुंदा एनएसआई प्रोग्राम अन्तर्गतको ४४ लाख रकम फ्रिज हुने अबस्थामा पुगेको छ ।

महिला एवं नवजात शिशुहरुले पाउने न्यानो झोला कार्यक्रम, राशन ठेक्का लगायतका विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु कार्यालय प्रमुखको अभावमा प्रभावित भएको छ ।