
फाइल फोटो
कञ्चनपुर, बैशाख ३० । नेपाल–भारत सिमाना छुट्याउन कञ्चनपुरमा राखिएका सिमा स्तम्भ जिर्ण बन्दै गएका छन् ।
समयमै मर्मत सम्भारमा कसैको ध्यान नपुग्दा यहाँका सिमा स्तम्भ जिर्ण बनेका हुन् ।
कञ्चनपुरको पूर्वी दक्षिण डोकेबजारदेखि उत्तर पश्चिम ब्रम्हदेवसम्मका अधिकांश सिमा पिलर भत्किएका र ढलेका छन् भने बाँकी स्तम्भसमेत जिर्ण अवस्थामा पुगेका छन् ।
जीर्ण बनेका सिमास्तम्भ मर्मत गर्न सरकारी पक्षले पनि बेवस्ता गर्दै आएको छ । सीमामा राखिएका स्तम्भमध्ये जोर नम्बर स्तम्भ भारत र बिजोर नम्बरको स्तम्भ नेपालले पुनर्निर्माण गर्नुपर्ने प्रावधान भए पनि दुवै देशका निकायले चासो नदेखाएको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्