
-जितेन्द्र भण्डारी, ईमेज
पाँचथर, बैशाख ३० । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डाक्टर शेखर कोइरालाले मधेसका समस्या समाधान गरेर मात्रै स्थानीय निकायको निर्वाचन गर्नुपर्ने बताएका छन् ।
पाँचथरको फिदिममा आज हामीसँग कुरा गर्दै नेता कोइरालाले मधेसका समस्या समाधान नगरी स्थानीय निकायको निर्वाचन हुनै नसक्ने बताएका हुन् ।
नेता डाक्टर कोइरालाले जबरजस्ती निर्वाचन गर्न खोजिए रक्तपातको सिर्जना हुनेतर्फ सचेतना अपनाउनुपर्ने बताए ।
मुलुकमा बढ्दो भ्रष्टाचार र कालोवजारी नियन्त्रणका लागि खबरदारी गर्नुपर्ने आवश्यकता रहेको बताए ।
संसद्मा प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको कांग्रेसले अहिले सरकारलाई खबरदारी गरिरहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्