५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


बेलायतमा नेपाली बने पहिलो पटक मेयर


0
Shares

काठमाडौं, बैशाख ३० । बेलायतमा व्यवसाय गर्दै आएका एक जना नेपाली त्यहाँको स्वान्ली टाउन काउन्सिल केन्टका लागि मेयरमा निर्वाचित भएका छन् ।

गुल्मीको रुपकोट गाविसबाट सन् १९९४ मा बेलायत पुगेका शंकर गैरे बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती हुन् ।

गतवर्ष सत्तारुढ कन्जरभेटिभ पार्टीबाट क्राइस्ट चर्च वार्डको काउन्सिलर बनेका  गैरे सोही वर्ष उपमेयर बनेका थिए ।

उनले आफ्नो जित जन्मभूमि र समस्त नेपालीको जित भएको बताएका छन् । यसअघिका मेयर बनेका काउन्सिलर जोन बार्नेस्लेले गैरेलाई जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

गैरेले करिब १७ हजार जनसंख्या रहेको स्वान्ली टाउन काउन्सिललाई प्रतिनिधित्व गर्दै त्यहाँको विकासमा एक वर्ष कार्यकाल खर्चने बताए ।