१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


एमाओवादीसंगको एकीकरण हल्ला मात्रै : सिपी गजुरेल


0
Shares

काठमाडौं, बैशाख ३० । नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले एमाओवादीसँगको एकीकरण हल्ला मात्र भएको बताएका छन् ।

गजुरेलले  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चरम दक्षीणपन्थी भएको आरोप लगाएका छन् । उनले अहिलेको अवस्थामा एमाओवादीसंग एकीकरण कुनै पनि अर्थमा सम्भव नरहेको बताएका छन् ।

गजुरेलले एमाओवादीसंगको एकीकरण प्रक्रियामा भारतीय लगायत विदेशी शक्तिकेन्द्रहरुको चलखेल भएको दावी गरेका छन् । पार्टीको कुनै आधिकारिक निर्णय बिनै रामबहादुर थापा बादलले एककिरणको प्रयास गुर्नु नै शैकास्पद भएको उनले बताए ।

उपाध्यक्ष गजुरेलले विहिवार ईमेज एफएमसंग कुरा गर्दै पार्टी भित्रक अल्पमतमा परेका केही विचलित मान्छेहरुलाई प्रचण्डले एमाओवादीमा विलयन गर्न खोजेको आरोप लगाएका छन् ।