Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


साना–तिना मुद्दामा विवाद नगरौं : नेपाल


0
Shares

सिन्धुली, वैशाख ३० । नेकपा एमालेका नेता माधवकुमार नेपालले केही दिनअघि नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच भएको ९ बुँदे सहमतिका मुख्य बुँदाहरु प्रचलित अन्तर्राष्ट्रिय कानुन र ऐनअनुसार समाधान गर्दै जाने बताएका छन् ।

विहीबार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाडीमा प्रेस चौतारी नेपाल सिन्धुली शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले देशका मुख्य राजनीतिक दलहरुमा रहेका साना–तिना मुद्दाहरुलाई लिएर विवाद गर्नुभन्दा समयानुकूल समाधान गरी देशलाई शान्ति र विकासको मार्गमा अगाडि बढाउनुपर्ने बताए ।

पूर्वप्रधान्मन्त्रीसमेत रहेका नेता नेपालले आजको राष्ट्रिय आवश्यकता पूरा गर्न प्रधानमन्त्रीको दौडमा कोही पनि लाग्न नहुने कुरामा जोड दिए ।