काठमाडौं, वैशाख ३० । कायममुकायम प्रधानन्यायाधीश सुशीला कार्कीले कानूनी क्षेत्रमा अझैपनि सुधारको आवश्यकता रहेको बताएकी छन् ।
‘कानून’ द्वैमासिक पत्रिकाको वार्षिकोत्सवको अवसरमा विहीबार साँझ राजधानीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
कार्यक्रममा कानून व्यवसायी क्लब तथा स्वर्गीय शंकरलाल केडिया फाउन्डेसनले पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई स्वर्गीय शंकरलाल केडिया कानून सम्मान पुरस्कारबाट सम्मानित गरियो ।
त्यस्तै, युवा कानून सम्मान पुरस्कार अधिवक्ता समीर शर्मा, उत्कृष्ट कानून पुस्तक पुरस्कार प्रा.डा. युवराज संग्रौला र विशेष पुस्तक पुरस्कार पुनरावेदन अदालतका न्यायाधीश डा. सलाउद्दीन अख्तर सिद्दीकीलाई प्रदान गरियो ।
कानून पत्रिकामा २०७२ साल भरी प्रकाशित लेखहरुमध्येका उत्कृष्ट १५ लेखलाई उत्कृष्ट लेखन पुरस्कार प्रदान गरिएको थियो ।




प्रतिक्रिया दिनुहोस्