Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


हजारौं लाइसेन्स र ब्लुबुक निलम्बनको प्रक्रियामा


0
Shares

काठमाडौं, वैशाख ३१ । ट्राफिक नियम उल्लंघनपछि कारबाहीका लागि ट्राफिक प्रहरीले लिएको कागजपत्र एक महिनाभित्र फिर्ता लिनुपर्ने भएको छ ।

नत्र चालकका लाइसेन्स तथा व्लुबुक निलम्बन हुने र थप जरिवाना तिर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ ।

यातायात व्यवस्था एेनअनुसार कारबाहीका लागि खिचिएको कागजपत्र एक महिनाभित्र जरिवाना तिरेर फिर्ता लिइसक्नुपर्ने प्रावधान छ ।

सोही एेनलाई महानगरीय ट्राफिक महाशाखाले कडाइका साथ लागू गर्न लागेको हो ।

कारबाहीका तानिएका कागजपत्र वर्षौंसम्म लिन नआउने प्रवृत्ति रोक्न यातायात व्यवस्था ऐनको स्पिरिटअनुसार आफूहरु अघि बढेको महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले बताए ।

महाशाखाले करिब २० हजार लाइसेन्स तथा व्लुबुक निलम्बन प्रक्रियाका लागि यातायात व्यावस्था कार्यालय पठाएको छ । –नयाँ पत्रिका दैनिकबाट