
काठमाडौं, वैशाख ३१ । एमाओवादी स्थायी समिति सदस्य गोपाल किराँतीले प्रधानमन्त्री केपी शर्मा ओली भारतको प्रमुख विपक्षी दल ‘कांग्रेस आइ’ को दलाल भएको आरोप लगाएका छन् । नेपालमा प्रधानमन्त्री ओलीले राष्ट्रवादी छवि बनाइरहेको समयमा सत्ता साझेदार दलकै नेता किराँतीले प्रधानमन्त्रीमाथि यस्तो आरोप लगाएका हुन् ।
ईमेज च्यानलको ‘सत्यपथ’ कार्यक्रममा अन्तरवार्ता दिदैं उनले भने, ‘ओलीजी भारतीय कांग्रेस आइको दलाल हो ।’ भारतको विपक्षी दलकै दलाली गर्दा त्यहाँँको सत्तारुढ दल भारतीय जनता पार्टी र भारत सरकारसँग ओलीको सम्बन्ध चिसिएको उनको जिकिर छ ।
भारत सरकार र भारतीय जनता पार्टीसँगको द्वन्द्वलाई ओलीले राष्ट्रियताको रङ दिएको किराँतीको भनाई छ । यसले अन्ततः नेपाललाई फाइदा नहुने पनि उनले बताए ।
पुरा अन्तरवार्ताका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्