
डडेल्धुरा, वैशाख ३१ । सुदूरपश्चिमका पहाडी जिल्लामा चरम खाद्य संकट देखा परेको छ ।
पर्याप्त पानी नपर्दा कृषि उत्पादनमा कमी आएपछि पहाडी जिल्लामा खाद्य संकट देखा परेको हो । सुदूरपश्चिममा १० वर्ष यताकै सबैभन्दा लामो खडेरी परेको क्षेत्रीय कृषि निर्देशनालय डडेल्धुराले जनाएको छ ।
सुदूरपश्चिमको पहाडी सबै जिल्लाको तथ्यांक हेर्ने हो भने ५४ प्रतिशतसम्म बालीमा नोक्सानी भएको छ । खडेरीका कारण पहाडी जिल्लामा अधिकांश किसान प्रभावित भएको क्षेत्रीय कृषि निर्देशनालयका सूचना अधिकृत टेकबहादुर बिष्टले जानकारी दिए ।
सुदूरपश्चिमका कैलाली र कञ्चनपुरबाहेक सबै जिल्ला कृषिमा आत्मनिर्भर छैनन् । यस पटकको लामो खडेरीले २ अर्ब रुपैयाँ बराबरको क्षति भएकाले पहाडी जिल्लामा चरम खाद्य संकट निम्तिएको क्षेत्रीय कृषि निर्देशनालय दिपायलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्