५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


प्रधानमन्त्रीले भने–‘धरहरा निर्माणमा सघाउनोस्’


0
Shares

काठमाडौं, वैशाख ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा निर्माणमा सघाउन सबैसँग आग्रह गरेका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा धरहरा पुनःनिर्माणको लागि सोसाइटी अफ नेप्लिज टेक्सस सोसाइटीले प्रदान गरेको चेक बुझ्दै प्रधानमन्त्री ओलीले धरहरा सबै नेपालीको साझा भएकाले सबैले सहयोग गर्नुपर्ने बताए ।

धरहरा पुरानै शैलीमा निर्माण गरिने भन्दै ओलीले राष्ट्रिय पहिचान र गौरवको विषय भएकाले यसको निर्माणमा जुट्न आग्रह गरे ।

‘म बनाउँछु मेरो धरहरा, धरहरा मेरो हो’ भन्ने भावना राखेर धरहरा निर्माणमा सबैको आवश्यकता रहेको पनि उनले बताए ।

धरहरा पुनःनिर्माणका लागि सोसाइटीले सात लाख सात हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो ।