१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


सांसद लामा निलम्बित


0
Shares

काठमाडौं, वैशाख ३१ । व्यवस्थापिका–संसदले गैरकानुनीरुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोग लागेका सांसद ल्हरक्याल लामालाई पदबाट निलम्बन गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सांसद लामाविरुद्ध गैरकानुनीरुपमा भ्रष्टाचार गरी अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

संसदको विहीबारको बैठकमा सभामुख ओनसरी घर्तीले लामामाथि लागेको मुद्दाको किनारा नभएसम्म सांसद पदबाट स्वतः निलम्बन हुने कानुनी व्यवस्थाअनुरुप उनी निलम्बनमा परेको जानकारी गराइन् । रासस

फाइल फोटो