Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


सुनकोशी–कमला डाइभर्सन पनि आफैं बनाउने तयारी


0
Shares

काठमाडौं, जेठ ३ । भारतसित पुरानो सहमति तोड्दै सुनकोशी–कमला डाइभर्सन आयोजना नेपाल सरकार आफैंले अध्ययन गरी निर्माण गर्ने प्रस्ताव अघि सारेको छ ।

कोसी उच्च बाँधसँगै अध्ययन गर्ने भनी भारतले १९ वर्षदेखि यो आयोजना अड्काउँदै आएको थियो ।

यही जेठ १३ र १४ गते भारतको नयाँ दिल्लीमा सुरु हुन लागेको नेपाल–भारत संयुक्त स्थायी प्राविधिक समिति (जेएसटिसी) को बैठकमा नेपालले महत्वपूर्ण प्रस्तावका रुपमा सुनकोशी–कमला डाइभर्सन आफैंले निर्माण गर्ने एजेण्डा तय गरेको सिँचाइ मन्त्रालय स्रोतले बतायो । -अन्नपूर्ण पोस्ट दैनिकबाट