Logo २३ कार्तिक २०८२, आइतबार | Sun Nov 9 2025


भूकम्पको असर : आक्रामक भए कुकुर


0
Shares

काठमाडौं, जेठ ३ । दोलखामा पहिले कुकुरले फाट्टफुट्ट टोक्थे, वर्षमा ५० जनाभन्दा कमलाई । त्यसैले इपिडिमियोलजीले तथा रोग नियन्त्रण महाशाखाले त्यहाँ एन्टिरेविज भ्याक्सिन पठाउने गरेको थिएन । तर एक वर्ष यता भ्याक्सिन पुर्‍याउनै गाह्रो भइसकेको छ । वैशाख ५ गतेसम्म ४५९ जनालाई कुकुरले टोकिसकेको छ ।

धादिङमा चैतसम्म कुकुरको टोकाइका ८ सय घटना भइसकेका छन् । ‘भूकम्पपछि यस्ता घटना निकै बढेका छन्,’ महाशाखा प्रमुख डा. बाबुराम मरासिनीले भने, ‘मुसा, सर्प, बिच्छी लगायत जनावरको टोकाइ पनि बढेको छ ।’

स्वास्थ्य क्षेत्रमा भूकम्पपछिको प्रभावबारे हालै विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयले स्वदेशी÷विदेशी विशेषज्ञको सम्मेलन आयोजना गरेको थियो । त्यसमा पनि मूल समस्या यही औंल्याइयो । –कान्तिपुर दैनिकबाट