२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


सिहंदरबारलाई गलाउन सक्लान् मधेसी दलले ! यस्तो छ आन्दोलनको दृश्य(भिडियो)


0
Shares

-गृष्मा राजभण्डारी, ईमेज

काठमाडौं, जेठ ३ । मधेसी दलहरुले सिंहदरवार केन्द्रित आन्दोलन आज पनि जारी नै राख्ने भएका छन् । सिंहदरवार घेराउ केन्द्रित आन्दोलनलाई निरन्तरता दिने निर्णय गरिएको संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिएका हुन् ।

त्यसपछि के गर्ने चाहिं फेरि बैठक गरी टुंगो लगाइने उनको भनाइ छ । यसअघि हिजो प्रदर्शनकारीले दिनभर सिंहदरवारको मुख्य नाका घेर्दा राजधानीको ट्राफि व्यवस्थापन अस्तव्यस्त बनेको थियो भने प्रदर्शनका क्रममा सामान्य झडपसमेत भएको थियो ।

तराई–मधेसमा लामो समयसम्म आन्दोलन गर्दा पनि सिंहदरवारले नसुनेको भन्दै मधेसी दलहरु शासकलाई आफ्ना गुनासा र माग सुनाउन राजधानी केन्द्रित आन्दोलन गर्न काठमाडौं उक्लेका हुन् ।