
तनहुँ, जेठ ३ । जिल्लाको काहुँसिवापुर गाविस–७ बस्ने खेम रानाको घरमा हिजो साँझ चट्याङ पर्दा उनकी १८ वर्षीया छोरी गुलाबी राना र वर्षीया २० मौसमी राना घाइते भएकोमा मौसमी रानाको दमौली अस्पतालमा राति ११ बजे मृत्यु भएको छ ।
गुलाबी राना सख्त घाइते भई थप उपचारका लागि पोखरा पठाइएको जनाइएको छ ।
त्यसैगरी सोही वडा निवासी वर्ष ५५ की एनिमाया थापाको घरमा चट्याङ पर्दा घाइते भई अस्पताल लैजाँदै गर्दा बाटौमै उनको मृत्यु भएको छ ।
सोही वडा निवासी ऋषिराम थापाको चट्याङले गर्दा चार वटा गाई, तीन वटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालय तनहुँका नायव प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए । (रासस)
प्रतिक्रिया दिनुहोस्