६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


हावाहुरीले क्याम्पसको छाना उडायो


0
Shares

पर्वत, जेठ ३ । पर्वतको तिलाहार गाविसमा असिना पानीसँगै आएको हावाहुरीले नवजागृत बहुमुखी क्याम्पसको छाना उडाएको छ ।

क्याम्पस भवनको छाना उडाउँदा करीब ९ लाख बराबरको क्षति पुगेको । हावाहुरी र असिना पानीले क्याम्पसका कक्षा कोठामा पानी जम्दा कक्षा ११ को परिक्षा प्रभावित भई केन्द्र परिवर्तन गर्नुपर्ने अवस्था आएको छ ।
असिना पानीले बाली नालीमा समेत ठूलो क्षति पुगेको कृषकहरुले जनाएका छन् ।