काठमाडौं, जेठ ३ । मधेसी दलहरुले सिंहदरवार केन्द्रित आन्दोलन आज पनि जारी राखेका छन् । आजपनि विहानैदेखि मधेसी मोर्चालगायत आन्दोलनमा समर्थन गरेका दलका नेता–कार्यकर्ता सिंहदरवार वरपर भेला भइसकेका छन् ।
संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले सिंहदरवार घेराउको कार्यक्रम मंगलबारसम्म निरन्तर रहने जानकारी दिएका छन् । त्यसपछि के गर्ने भन्ने फेरि बैठक गरी टुंगो लगाइने उनको भनाइ छ ।
यसअघि आइतबार पनि प्रदर्शनकारीले दिनभर सिंहदरवारको मूख्य नाका घेर्दा राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको थियो भने प्रदर्शनका क्रममा सामान्य झडपसमेत भएको थियो । घेराउका कारण आजपनि काठमाडौंमा यातायात आवागमनमा असुविधा भएको छ ।










प्रतिक्रिया दिनुहोस्