
काठमाडौं, जेठ ३ । व्यवस्थापिका–संसदका सभामुख ओनसरी घर्तीको पित्तथैलीको पत्थरीको शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ ।
सभामुखका प्रेस सल्लाहकार बबिन शर्माकाअनुसार ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा शल्यक्रिया गरिएको हो ।
सो अस्पतालका डा. डिवी कार्कीले उनको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् । पत्थरीको आकार बढ्दै गएपछि केही दिनयता सभामुख अस्वस्थ भएकी थिइन् ।
सोमबार बिहान अस्पताल भर्ना भएकी सभामुख घर्तीलाई चिकित्सकले केही दिन अस्पतालमा आराम गर्न सुझाव दिएका छन् । रासस
फाइल फोटो
प्रतिक्रिया दिनुहोस्