६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


‘महिलाहरु अझैपनि जोखिमपूर्ण गर्भपतन गराउँदै’


0
Shares

काठमाडौं, जेठ ३ । सुरक्षित गर्भपतनबारे ग्रामीण क्षेत्रका महिलाहरुलाई अझैपनि राम्रो जानकारी नहुँदा उनीहरु जोखिमपूर्ण अवस्थाबाट गुज्रिनुपरेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

सोमबार राजधानीमा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सन्चार केन्द्रले गरेको कार्यक्रमका सहभागीहरुले सुरक्षित गर्भपतनको विषयमा जनतालाई सचेत गराउन सन्चारकर्मी र सन्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयअन्तर्गत्को परिवार स्वास्थ्य महाशाखाका प्रवक्ता डा. झलक गौतमले देशका सबै जिल्लामा सरकारले सूचीकृत स्थान, तालिम प्राप्त चिकित्सकसहितको गर्भपतन केन्द्र स्थापना गरेको भन्दै सेवाकेन्द्रसम्म सेवाग्राही पुग्न नसक्नु दुःखद् भएको बताए ।

यस्तै, वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा. अरुणा कार्कीले सुरक्षित गर्भपतनबारे चेतना फैलाउन नसक्दा अझैपनि महिलाहरुले जोखिमपूर्ण गर्भपतन गराइरहेको बताए ।

सहभागीहरुले सुरक्षित गर्भपतनबारे पाठ्यक्रममै समावेश गर्नसके जोखिम घटाउन सकिने धारणा राखेका थिए ।