
काठमाडौं, जेठ ४ । दुई वर्ष आरोहण शून्य भएको सर्वोच्च शिखर सगरमाथामा यसपालि संसारभरका करिव ७ सय आरोही एकैगाउँ जम्मा हुँदा फेदी (आधार शिविर)बाट चुचुरो आवागमनमा आरोहीको भिड लागेको छ ।
यसपालि वसन्त ऋतुमा सगरमाथा शिखर चुम्न गत वर्ष चैतबाटै त्यतातिर लम्केका आरोही अहिले आधार शिविरबाट दिनहुँ उकालो लागिरहेका छन् ।
चुचुरो पुग्ने ‘लालसा’ र पुगेपछि फर्कने हतारोका कारण बाटो जाम हुन थालेको छ ।
यसको ताजा उदाहरणमा गएको ६ दिनको आरोहण गतिविधि हेर्दा प्रष्ट हुन्छ ।
गत बुधबार (वैशाख २९) देखि सोमबार (जेठ ३) भित्र विभिन्न देशका ८८ आरोहीले सगरमाथा शिखरमा विजयी झन्डा फहराएका छन् । यसमा विदेशीभन्दा नेपालीको संख्या धेरै छ । सबैले दक्षिणपूर्वी मोहोडा (नेपाली भेग)बाट आरोहण गरेका हुन् । –नागरिक दैनिकबाट
प्रतिक्रिया दिनुहोस्