
कञ्चनपुर, जेठ ४ । कञ्चनपुरमा जनयुद्धका बेला राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित भएकाहरुले एक महिनाभित्र दुई सयभन्दा बढी उजुरी दर्ता गराएका छन् ।
पीडित भएकाहरुले स्थानीय शान्ति समितिको कार्यालय र सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत् उजुरी दर्ता गराएका हुन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोगमा १ सय ८० र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगका २९ उजुरी दर्ता भएको स्थानीय शान्ति समितिका कार्यालय प्रमुख तर्कराज भट्टले जानकारी दिए ।
जिल्लाका विभिन्न गाविस र नगरका स्थानीय शान्ति समितिमार्फत् उजुरीहरु आएका हुन् । स्थानीय शान्ति समिति कञ्चनपुरको तथ्यांक अनुसार द्वन्द्वका बेला कञ्चनपुरमा ३ सय ७ नागरिकको मृत्यु भएको थियो । त्यसैगरी ४९ जना वेपत्ता र १ सय ८९ विस्थापित भएका थिए ।
प्रतिक्रिया दिनुहोस्