
काठमाडौं, वैशाख २७ । भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले करार सेवामा रहेका ९४ जना नर्सलाई हटाउन लागेको भन्दै नर्सहरुले अनशन सुरु गरेका छन् ।
विगत १७ दिनदेखि आन्दोलन गरिरहेका उनीहरुले आफूहरुलाई हटाउने नियतले अस्पतालले नयाँ विज्ञापन खुलाएको भन्दै शुक्रबारदेखि अनशन सुरु गरेका हुन् ।
नेपाल नर्सिङ संघकी जिता बराल र धर्मभक्त राष्ट्रिय प्रत्यारोपणकी डिकी शर्मा अनशनमा बसेका छन् । जिता बराल पोखराको फिस्टेल नर्सिङ क्याम्पसकी प्रमुख हुन् ।
आन्तरिक प्रतिस्पर्धा गराएर आफूहरुको माग सम्बोधन गर्नुपर्ने नर्सहरुको माग छ ।
आक्रोशित
नर्सिङ दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा संघले आन्दोलनरत् नर्सहरुलाई सहभागी नगराएपछि नर्सहरु आक्रोशित भएका थिए ।
पत्रकार सम्मेलमा नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले आन्दोलनरत् नर्सहरुको माग पूरा गराउन आफूहरु लागिपरेको बताइन् ।
अस्पतालले भने लोकसेवाबाट पदपूर्ति हुन नसक्ने अवस्थामा अहिले काम गरिरहेका नर्सहरुलाई नै प्राथमिकता दिने बताएको छ ।
आन्दोलनरत् नर्सहरुले भने आन्तरिक प्रतिस्पर्धा हुनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्