१० भाद्र २०८२, मंगलबार | Wed Aug 27 2025


गलत रगत दिँदा ज्यान गुमाएकी बालिकाको मृत्यु प्रकरण छानबिन गर्न समिति गठन


0
Shares

काठमाडौं, वैशाख २७ । सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा शल्यक्रियाकाक्रममा गलत रगत दिएका कारण ज्यान गुमाएकी सर्लाहीकी पाँच वर्षीया आकृतिकुमारी साहको मृत्यु प्रकरण छानबिन गर्न नेपाल मेडिकल काउन्सिलले समिति गठन गरेको छ ।

मृतक आकृतिका बुवा रामप्रवेश साहले काउन्सिलमा दिएको उजुरीपछि काउन्सिलले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।

जसमा सोही अस्पतालका पूर्वनिर्देशक, वीर अस्पतालका पूर्वनिर्देशक र रक्तसञ्चार समूहका व्यक्तिहरु रहेका छन् ।

समितिले एक हप्तामा प्रतिवेदन बुझाउनेछ ।

यस्तै, सहिद गंगालाल अस्पतालले पनि घटनाको छानबिन गर्न समिति गठन गरेको छ ।

यस्तै, आकृतिका परिवार भने न्याय माग्दै मुद्दा दर्ता गराउन शुक्रबार प्रहरी कार्यालय महाराजगन्ज गएका थिए ।

आकृतिका आफन्त सुरेन्द्र साहले प्रहरी कार्यालयले मुद्दा दर्ता गराउन नमानेका कारण सरकारी वकिलमार्फत् आइतबार मुद्दा दर्ता गराउने बताए ।

यससम्बन्धी अघिल्ला समाचार पनि पढ्नोस्

१. गलत रगत दिँदा बालिकाको मृत्यु, भएको के थियो ? आफन्त यसो भन्छन् (भिडियो)

२. गलत रगत दिँदा बालिकाको मृत्युः न्याय माग्दै स्वास्थ्य मन्त्रालय पुगे आफन्त

३. बालिकाको मृत्यु प्रकरण नयाँ मोडमा, ‘असन्तुष्ट कर्मचारीले गोप्य कागजात सार्वजनिक गरे’