
सिरहा, जेठ ५ । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सिरहा लहानको भोटिया टोलमा मंगलबार राति तीनवटा मोटरसाइकल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
मृत्यु हुनेमा लहान–५ का नजा सदाय, गोलबजार–६ का रामआशिष पासवान, विवेक सिंह र ब्रम्हपुर–३ सप्तरीका लक्ष्मण राम छन् ।
दुर्घटनामा सिरहाको बलकवा–४ का सवेश गोश्वामी घाइते भएका छन् । उनको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्