
काठमाडौं, जेठ ६ । इजरायलमा सात वर्षदेखि नेपाली ‘केअरगिभर’ जाने क्रम रोकिएको छ । तर इजरायली बृद्धाहरुको रोजाईमा अझै नेपालीहरु नै पहिलोमा छन् ।
नेपालीले आफूहरुलाई आफ्नै आमाबुवाजस्तै गरेर राम्रोसँग हेरविचार गर्ने गरेको भन्दै नेपाली नै पठाइदिन सम्बन्धित निकायमा आग्रहसमेत गर्ने गरेका छन् ।
इजरायलीको रोजाईमा सबैभन्दा बढी नेपाली परे पनि यहाँ केअरगिभरका रुपमा सबैभन्दा बढी फिलिपिनोहरु छन् । फिलिपिनोहरु प्रति पनि उनीहरु सकारात्मक छन् ।
इजरायल सरकारको तथ्यांक अनुसार ४५ हजार केअरगिभरले काम गरिरहेका छन् । -कान्तिपुर दैनिकबाट
प्रतिक्रिया दिनुहोस्