काठमाडौं, वैशाख २७ । विभिन्न ११ विद्यार्थी संगठनले निजी शैक्षिक संस्थाहरुले गैरकानुनी रुपमा गरेको शुल्क बृद्धि तत्काल खारेज गर्न माग गरेका छन् ।
ती संगठनले आज काठमाडौमा पत्रकार सम्मेलन गरि गैरकानुनी रुपमा गरेको ४० प्रतिशतसम्मको शुल्क बृद्धि तत्काल खारेज नगरे आन्दोलन गर्ने चेतावनी दिएका हुन् । उनीहरुले शिक्षा र स्वास्थ्य क्षेत्रमा भइरहको निजीकरण, व्यापारीकरण र माफियातन्त्रको अन्त्य गर्नका लागि एक्यवद्धता जनाएका छन् ।
शिक्षा र स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्नुपर्ने उनीहरुको माग छ ।
नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले शिक्षा क्षेत्रमा भएको विकृति, मनपरी शुल्क असुली र पोशाकको शुल्कमा समनता नभए कारवाही गर्ने चेतावनी दिए । मनपरी शुल्क असुल्ने शैक्षिक संस्थाहरुको निगरानी गरि कारवाही गरिने उनको भनाइ थियो ।
११ विद्यार्थी संगठनले राज्यसत्ताको दुरुपयोग गरी विभिन्न भ्रष्टाचार काण्डमा संलग्नलाई कारवाही गर्न पनि सरकारसंग माग गरेका छन् । मागका बारेमा सुनुवाइ नभए सडक आन्दोलन गर्ने चेतावनी उनीहरुको छ ।









प्रतिक्रिया दिनुहोस्