६ असार २०८२, शुक्रबार | Fri Jun 20 2025


अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौमा सुरु, २८ देशका प्रतिनिधि सहभागी


0
Shares

काठमाडौं, जेठ ६ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन काठमाडौमा सुरु भएको छ । २५ सय ६०औं बुद्ध जयन्तीको अवसर पारेर ‘लुम्बिनी नेपाल : द बर्थ प्लेस अफ लर्ड बुद्ध एन्ड फाउन्टेन अप्m बुद्धिज्म एण्ड वल्र्ड पीस’ को नारासहित सरकारले आज र भोलि सम्मेलन गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले वौद्ध सम्मेलन उद्घाटन गरे । सम्मेलनमा विभिन्न २८ देशका चार सय भन्दा बढी प्रतिनिधि, बौद्ध धर्मका गुरुहरु, वरिष्ठ मन्त्री, उच्च अधिकारी सहभागी छन् ।

सम्मेलनमा भगवान बुद्ध र बुद्ध धर्मबारे २० भन्दा बढी कार्यपत्र प्रस्तुत हुने जनाइएको छ । सरकारले यही जेठ ८ गते लुम्बिनीमा भगवान वुद्धको जन्म भएको हो भन्ने सन्देशसहित वुद्ध जयन्ती पनि मनाउने तयारी गरेको छ ।