६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


ट्रक खस्दा ६ जना घाइते, २ गम्भीर


0
Shares

जितेन्द्र भण्डारी (इमेज)
पाँचथर, जेठ ६ । पाँचथरको एकतिनबाट फिदिमतर्फ गोलिया लोड गरेर आउँदै गरेको मालबहाक ट्रक विहीबार दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

घाइतेमध्ये २ जनाको अवस्थामा गम्भीर रहेको छ । पाँचथर इम्बुङका २६ वर्षीय शंकर कटुवाल र ३० वर्षीय डिल्लीराम बाँनियाको जिल्ला अस्पताल पाँचथरमा उपचार सम्भव नभएपछि उनीहरुलाई विर्तामोडको बी एन्ड सी अस्पताल पठाइएको छ ।

मे१ख १८६६ नम्बरको ट्रक सडकबाट खसेको पाँचथरका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।