६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


प्रधानमन्त्री कार्यालयभित्रै तुहाइयो सामूहिक आवास योजना


0
Shares

काठमाडौं, जेठ ७ । अस्थायी आवास निर्माण गरी भूकम्पपीडितलाई बर्खाअघि नै टेन्ट र त्रिपालमुक्त बनाउने योजना सरकारकै कारण तुहिएको रहस्य खुलेको छ ।

विगतमा अस्थायी सामूहिक आवास निर्माण योजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयकै कारण तुहाइएको पाइएको हो ।

१२ वैशाख ०७२ मा भूकम्प गएपछि तत्कालिन सरकार र हालका प्रधानमन्त्री केपी ओलीले बर्खा अगावै भूकम्पपीडितलाई अस्थायी आवासमा राख्ने घोषणा गरेका थिए । प्रधानमन्त्री ओलीले भूकम्पपीडितलाई बर्खाअघि नै टेन्ट र त्रिपालमुक्त बनाउने बताइरहेका बेला सहकारी विकास मन्त्रालयले अघि बढाएको अस्थायी सामूहिक आवास निर्माण रद्द गरेको सरकारले फेरि बर्खा नजिकिएपछि निर्माण अघि बढाउने निर्णय गरेको छ । –राजधानी दैनिकबाट