६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


घट्यो लोडसेडिङ (तालिकासहित)


0
Shares

काठमाडौं, जेठ ७ । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ घटाएको छ । लोडसेडिङ सातामा ७ घण्टा घटाइएको हो ।

सातामा ७७ घण्टा लोडसेडिङ हुँदै आएकोमा अब ७० घण्टामात्र लोडसेडिङ हुनेछ ।

नयाँ तालिका शुक्रबारदेखि नै लागू गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार अब सातामा दुई दिन नौ घण्टा, दुई दिन १० घण्टा, दुई दिन साढे १० घण्टा र एक दिन ११ घण्टा लोडसेडिङ गरिने छ ।

नदीहरुमा जलस्तर बढ्ने क्रम रहेको भन्दै प्राधिकरणले साविकको लोडसेडिङ तालिकामा हेरफेर गरी केही राहत दिइएको जनाएको छ ।