
लमजुङ, जेठ ७ । लमजुङको मध्यनेपाल नगरपालिका–५, जिता र तान्द्राङ टक्सारको सीमा साल्मेडाँडामा हिजो साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ११ पुगेको छ ।
दुर्घटनामा घाइते थप दुई जनाको मृत्यु भएसँगै मृतकको संख्या ११ पुगेको हो । दुर्घटनामा नौ जनाको घटनास्थलमै मुत्यु भएको थियो ।
दुई जनाको भने उपचारका लागि पोखराको मणिपाल अस्पताल लगिँदै गर्दा बाटोमै मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य सात जनाको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्