६ असार २०८२, शुक्रबार | Sat Jun 21 2025


प्रदुषण रोक्ने जनचेतना जगाउन फोटो प्रदर्शनी


0
Shares

काठमाडौं, जेठ ७ । राजधानीका नदीनालामा भइरहेको प्रदूषण रोक्ने जनचेतना अभिवृद्धिका लागि आजदेखि काठमाडौंमा तीन दिने फोटो प्रदर्शनी शुरु भएको छ । फोटोग्राफर अपेशशम्शेर राणाले खिचेका फोटो प्रदर्शनीमा राखिएका हुन् ।

प्रदर्शनीमार्फत् राजधानीका सातवटा नदीनालामा भएको वातावरणीय प्रदूषणलाई प्रष्ट्याउने प्रयास गरिएको छ । फोटोग्राफर राणाले मानव बस्ती विकास भएसँगै नदीनालाहरु प्रदूषित हुँदै गइरहेकाले सबैले आ–आफ्नो क्षेत्रबाट सरसफाईमा ध्यान पुगोस् भन्ने उद्देश्यले फोटो प्रदर्शनी गरिएको बताए ।

प्रदर्शनीको शान्ति तथा पुनर्निर्माणमन्त्री एकनाथ ढकालले उद्घाटन गरे । मन्त्री ढकालले आफ्नो आँगनबाट बग्ने नदीनालाको संरक्षणमा सरकारको मुख नताकी आफैं गर्न सर्वसाधारणलाई आह्वान गरे ।